खाँदबारी : संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ '। 'स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज...
खाँदबारी : संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ‘। ‘स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए।
सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी’ आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की ‘र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताए ।
घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।’ सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ’ ।इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुग्न लागेको जनाएको छ ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७