काठमाडौं -: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएपनि अहिलेसम्म जवाफ नआएको र एमसीसी पास नहुने बताएका छन् ।
मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय...
काठमाडौं -: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएपनि अहिलेसम्म जवाफ नआएको र एमसीसी पास नहुने बताएका छन् ।
मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिलेसम्म एमसीसीबारे जवाफ नआएको र पास नहुने बताए ।
उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । र, एमसीसी पास हुँदैन ।
साथै, उनले सबैलाई राष्ट्रघाती कदममा माओवादी कदापि अघि नबढ्ने पनि बताएका छन् । ‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन,’ उनले भने ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७