अमेरिकी टोलीसँग प्रधामन्त्री देउवाले भने : दलहरु अबुझ हुँदा साह्रै गाह्रो भयो, एमसीसी जसरी पनि पास गर्छु ढुक्क हुनुहोस

अमेरिकी टोलीसँग प्रधामन्त्री देउवाले भने : दलहरु अबुझ हुँदा साह्रै गाह्रो भयो, एमसीसी जसरी पनि पास गर्छु ढुक्क हुनुहोस

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ २६ गते शनिवार १०:५५

काठमाडौँ-: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि पास गर्ने बताएका छन्। शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको...

काठमाडौँ-: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि पास गर्ने बताएका छन्।

शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।

नेपालका प्रतिपक्ष र अन्य सत्तारुढ दलका नेतासँगको छलफलपछि बालुवाटार पसेकी फातिमासँगको लामो छलफलका क्रममा देउवाले एमसीसीबारे नेपालका दलहरुले कति पनि कुरा नबुझेको बताएका थिए।

‘यहाँका दलहरुले एमसीसीबारेमा कति पनि कुरै बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयो’ कांग्रेस सभापतिसमेत रहेका देउवाले अमेरिकी टोलीसँग भने, नेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्। त्यहीकारण मलाई गाह्रो भएको छ।

देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गरेका थिए।तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छु’, देउवाले अगाडि भने, आई विल डु दिस्, म जसरी पनि पास गर्छु।

ऊर्जामन्त्री पम्फा भुसाल र फातिमा सुमारबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन् ।

भेटमा एमसीसी सम्झौंता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गरेकी थिइन् भने मन्त्री भुसालले दलहरुबीचको सहमतिको आधारमा सो सम्झौंतालाई अघि बढाउने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच नेपालको जल विद्युत तथा सडक पूर्वाधारको निर्माणका लागि दिइने सो अमेरिकी अनुदान सहायता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।सगरमाथा डेली

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार १०:५५
प्रतिक्रियाहरु