काठमाडौँ -: सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज आज एकैपटक ल्याइँदैछ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उक्त खोप आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् ।
सरकारले चीनसँग...
काठमाडौँ -: सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज आज एकैपटक ल्याइँदैछ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उक्त खोप आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् ।
सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरिद सम्झौता गरेको थियो । जसमध्ये यसअघि १६ लाख डोज ल्याइसकिएको छ । बाँकी ४४ लाख डोज आज एकैपटक आइपुग्ने मन्त्रालय स्रोतको भनाइ छ ।
यसअघि भेरोसेल खोप एक भाइलमा दुई डोज मात्र राखिएको हुन्थ्यो । यसले गर्दा एक पटकमा विमानमार्फत बढीमा ८ लाख भाइल मात्र ल्याउन सकिएको थियो ।
तर पछिल्लो समय चीनले ढुवानी समस्यालाई समेत ध्यानमा राखी एकै भाइलमा ५ डोजको खोप उत्पादन गर्न थालेपछि एक फ्लाइटमा ४० डोजभन्दा बढी ल्याउन सम्भव हुने भएको हो । मन्त्रालय स्रोतका अनुसार बाँकी रहेको ४४ डोज खोप आज एकै फ्लाइटमा ल्याइँदै छ ।
उक्त खोप ल्याउनका लागि वाइडबडी विमान बिहीबार राति चीनतर्फ गइसकेको छ । विमान आज २ बजेतिर काठमाडौँ आइपुग्ने कार्यतालिका छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालले करिब १ करोड ३३ लाख खोपहरु विभिन्न देशबाट नेपाल भित्र्याइसकेको छ । ती केही विभिन्न अनुदानमा आएका हुन् भने केही सरकारले खरिद गरेर ल्याएको हो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७