महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा संघ र विद्यार्थी संगठनले शुक्रबार चीनविरुद्ध प्रदर्शन गरेको छ ।
चीनले नेपालको ११ ठाउँमा चीनले भूमि अतिक्रमण गरेको दावी गर्दै सो प्रदर्शन गरेको छ । नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन माग गर्दै सो विरोध प्रदर्शन गरिएको युवा नेता मुकेश झाले बताए ।
सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको माग पनि लोसपाले राखेको छ । युवा अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित झा, युवा अध्यक्ष रञ्जित सिंह, नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायतको उपस्थिति थियो ।
नेकपा माओवादी केन्द्रले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्दै अघि बढ्ने सङ्कल्प गरेको छ । त्यसका लागि आफ्ना पार्टी संरचनालाई चलायमान बनाउनुका साथै जनतासँग प्रत्यक्ष जोडिने तथा कार्यशैली र व्यवहारमा फरक ल्याउने माओवादीका नेताहरू बताउने गर्छन् । तर, यसैबेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पार्टीको भविष्यलाई लिएर गम्भीर र चिन्ताजनक अभिव्यक्तिहरू पनि दिने गरेका छन् ।
कहिले क्रान्ति त कहिले माओवादी विघटनको कुरा गर्ने प्रचण्डले किन यस्ता भावुक अभिव्यक्ति दिँदैछन् ? यस्तै प्रश्नको जवाफ खोज्न रातोपाटीले माओवादी स्थायी समिति सदस्यसमेत रहेका नेता देवेन्द्र पौडेललाई सोधेको छ– के माओवादी साँच्चै पुनर्निर्माण र रूपान्तरण हुन लागेको हो ?
प्रकाशित मिति २०७८ असोज २ गते शनिवार १०:५०