गृहजिल्लामा प्रचण्डलाई कडा झड्काः युवा संघले लगायो पार्टी कार्यालयमा ताला

गृहजिल्लामा प्रचण्डलाई कडा झड्काः युवा संघले लगायो पार्टी कार्यालयमा ताला

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस ११ गते शनिवार ११:२२

चितवन, ११ पौष -:  पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालय राष्ट्रिय युवा संघले कब्जमा लिँदै आज ताला लगाएको छ । पार्टीलाई विभाजनको रेखा कोरोको र नेपाली कम्युनिष्ट आन्दोलनलाई...

चितवन, ११ पौष -:  पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालय राष्ट्रिय युवा संघले कब्जमा लिँदै आज ताला लगाएको छ ।

पार्टीलाई विभाजनको रेखा कोरोको र नेपाली कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउने कार्य गरेको भन्दै युवा संघले पार्टी कार्यालय कब्जा गर्दै ताला लगाएको हो । प्रचण्ड र माधव नेपालको गुटले आफ्नो व्यक्तिगत स्वार्थले गर्दा पार्टीलाई दुर्घटनाको सिकार बनाएको भन्दै युवाहरुले ताला लगाएका हुन् ।

कार्यालय संघका चितवनका युवाहरुद्वारा नियन्त्रणमा लिईएको छ । उक्त कामको नेतृत्व गर्नुहुने चितवनका युवा नेताहरु अस्मिन घिमिरे, सुशील के।सी।, केदार आचार्य, प्रकाश आचार्य, हरि आचार्य लगायतको नेतृत्वमा ताला लगाईएको हो । उक्त कार्यलाई राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीले समेत उच्च प्रशंसा सहित सलाम व्यक्त गरेको छ ।

उक्त क्रममा युवाहरुले जनताको बहुदलिय जनवाद जिन्दावाद, केपी ओली जिन्दावाद, प्रचण्ड मुर्दावाद, पार्टी एकता जिन्दावादलगायतका नाराहरु लगाएका थिए ।

प्रकाशित मिति २०७७ पुस ११ गते शनिवार ११:२२
प्रतिक्रियाहरु