काठमाडौं -: सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।
पर्साको पकहामैनपुर गाउँपालिकाको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरिएको छ । विद्यालय परिसरमा आयोजित एक समारोहबीच गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै मायाको चिनोसहित विदाई गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजय कुमार चौरसियाले गुणस्तरीय शिक्षा हासिल गर्न सहर मात्रै धाउनुपर्ने अवस्थालाई अन्त्य गर्दै पालिका स्तरमै गुणस्तरीय शिक्षामा पालिकाले जोड दिएको बताए ।
विगतमा यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अनुभवी शिक्षकको अभाव एवं भौतिक पूर्वाधारको अभावको कारण यहाँका नागरिकहरुले आफ्ना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा हासिल गराउनका लागि सदरमुकाम पठाउनुपर्ने अवस्था थियो । तर, अहिले पालिका स्तरमै गुणस्तरीय शिक्षा दिन थालेपछि विद्यार्थीहरु गाउँकै विद्यालयहरुप्रति आकर्षित हुँदै गएको उनले बताए ।
अध्यक्ष चौरसियाले आफू पालिका अध्यक्षमा निर्वाचित भएदेखि नै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्ने तथा स्वास्थ्य, खानेपानीको व्यवस्थापन तर्फ लागि परेकोले वर्तमान अवस्थामा यस पालिका अन्तर्गत रहेका अधिकांश विद्यालयहरुमा अहिले अनुभवी शिक्षकहरुले अध्यापन गराउने गरेको कारण यहाँको शिक्षा स्तर उकासिएको बताए ।
विद्यालयका प्रधानाध्यापक छोटेलाल साह तेलीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मदन साह कानु, वडा नं.२ का अध्यक्ष ढेदी प्रसाद यादवलगायत जनप्रतिनिधि एवं शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालयमा कक्षा १२ मा अध्ययन गरेर अन्तिम परीक्षा दिइसककेका विद्यार्थीहरुलाई विदाई गरिएको थियो, भने सोही कार्यक्रमका बीच भर्खरै एसईई पास भई कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरुलाई निःशुल्क भर्ना गरिने गाउँपालिका अध्यक्षले घोषणा समेत गरेका थिए ।
कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरुको भर्ना शुल्क गाउँपालिकाले व्यवहोर्ने भन्दै निःशुल्क भर्ना गरिने अध्यक्ष चौरसियाले घोषण गरेका थिए ।
प्रकाशित मिति २०७८ असोज १६ गते शनिवार १०:५४