साफ च्याम्पियनसिप : नेपालले आज श्रीलङ्कासँग खेल्दै,खेल ९.४५ मा सुरु हुने छ

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलङ्कासँग खेल्दै,खेल ९.४५ मा सुरु हुने छ

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज १८ गते सोमबार ०३:२३

काठमाडौं -:  १३ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्ने भएको छ ।माल्दिभ्समा जारी साफमा नेपालले आफ्नो दास्रो खेलमा श्रीलङ्कासँग खेल्ने भएको हो '। नेपाली समय अनुसार खेल राति ९:४५ बजेबाट हुनेछ । पहिलो खेलमा...

काठमाडौं -:  १३ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्ने भएको छ ।माल्दिभ्समा जारी साफमा नेपालले आफ्नो दास्रो खेलमा श्रीलङ्कासँग खेल्ने भएको हो ‘। नेपाली समय अनुसार खेल राति ९:४५ बजेबाट हुनेछ ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ खेल्ने तयारीमा छ ।श्रीलङ्का भने पहिलो खेलमै बंगलादेशसँग १-० ले पराजित भएको थियो । ‘श्रीलङ्का पहिलो जित निकाल्न आज नेपाललाई जित्ने लक्ष्यमा रहेको छ ।साफ अन्तर्गतकै खेलमा आजै भारतलेले पहिलो बंगलादेशसँग खेल्दैछ ।’ उक्त खेल सोमबार दिउँसो ४:४५ बजेबाट हुनेछ ।

मंगलबार पहिलो खेल कीर्तिमान सातपल्टको विजेता भारत र बंगलादेशबीच हुनेछ ।’ दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्यसको अघिल्लो दिन आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टिमका मुख्य प्रशिक्षकले ‘माइन्ड गेम’ खेल्ने प्रयास गरे ’।

एक प्रकारले आरोप प्रत्यारोप, आलोचना र अनुमानमा चारै टिमका प्रशिक्षक केन्द्रित रहे । संयोगले चारै टिमका प्रशिक्षक विदेशी छन् । आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सका प्रशिक्षकमात्र आफ्नै देशका छन् । यी पाँच प्रशिक्षकमध्ये सबैभन्दा हाइप्रोफाइल प्रशिक्षक भारतका छन्, इगोर स्टिमेक ।’ सन् १९९८ को विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हात पर्दाका खेलाडी हुन् उनी ।’ एक समय उनले क्रोएसियाली टिम पनि सम्हाले ’।

सन् २०१९ यता भने उनी भारतमा छन् । ‘यसपल्टको साफ संस्करणका लागि भारतले आफ्नो पहिलो रोजाइका खेलाडीसम्मिलित बलियो टिम उतारेको छ । उनी मान्छन्, भारत नै उपाधिका लागि बलियो टिम हो । तर उनी आफ्नो टिमबारे धेरै दाबी गर्न छाडेर बंगलादेश र श्रीलंकाबीचको पहिलो खेलमै केन्द्रित हुन चाहे । त्यो खेल बंगलादेशले १–० ले जितेको थियो । निर्णायक गोल पेनाल्टीबाट आएको थियो अनि यो विवादास्पद रह्यो’ ।

त्यसै क्रममा डसकन पुल्सार योगेन्द्रनलाई रातो कार्ड पनि देखाइएको थियो । उनीमाथि आरोप थियो बल ह्यान्डलको । तर भारतीय प्रशिक्षक स्टिमेकले त्यसलाई रेफ्रीको हावादारी निर्णय भएको प्रतिक्रिया दिए । उनको आशय थियो, यही एउटा खराब निर्णयका कारण बंगलादेश विजयी भएको हो ।

अन्यथा नतिजा जस्तो पनि हुनसक्थ्यो । बंगलादेशी प्रशिक्षक ओस्कार ब्रुजनले भने अधिकांश समय रेफ्रीको त्यो निर्णयको बचाउ नै गरे ।’ उनले दाबी गरे, बंगलादेश जितका लागि पूर्ण हकदार छ । ब्रुजन पनि उत्तिकै अनुभवी प्रशिक्षक हुन् ।’ स्पेनी ला लिगा क्लब रियल मार्लोकामा उनी कुनै समय सहायक प्रशिक्षक थिए । उनले दक्षिण एसियाका तीन देशका क्लब सम्हालिसकेका छन् ।

त्यसमा भारतको मुम्बई एफसी, माल्दिभ्सकै न्यु रेडियन्ट र बंगलादेशको बसुन्धरा पर्छ ।’ उनी मान्छन्, दक्षिण एसियामा बंगलादेश सबैभन्दा बलियो टिम हो । उनी अझ के पनि भन्छन् भने भारतका सुनील क्षेत्रीभन्दा कुनै अर्थमा कम छैनन्, बंगलादेशका जमाल भुयन ।

 

प्रकाशित मिति २०७८ असोज १८ गते सोमबार ०३:२३
प्रतिक्रियाहरु