म राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली

म राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली

छाँयापाटी

@छाँयापाटी

२०७७ कार्तिक २२ गते शनिवार ०९:३४

कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री...

कात्तिक, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए

उनले भने,के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।

केहीले (अविश्वासको प्रस्ताव (?) ) को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट (आफूलाई प्रधानमन्त्रीबाट हटाउने) धेरै कोशिस भएको उनले बताए ।

प्रकाशित मिति २०७७ कार्तिक २२ गते शनिवार ०९:३४
प्रतिक्रियाहरु