आज साफमा भारतसँग भिड्दै नेपाल, फाइनलमा पुग्ने नेपालकाे दाउ

आज साफमा भारतसँग भिड्दै नेपाल, फाइनलमा पुग्ने नेपालकाे दाउ

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज २४ गते आईतबार ०८:४०

काठमाडौं-:  साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समय...

काठमाडौं-:  साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समय अनुसार राति पाैने १० बजे सुरु हुनेछ।

आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ। यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेकाे छ। भारत भने पहिलो जितको खोजीमा छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ। सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो।

साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टाेली भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ। सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईले उपाधिका लागि खेल्नेछन्। प्रतियोगितामा नेपाल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो।

भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ। नेपालले हालसम्म भारतसँग २१ खेल खेलेको छ। जसमा भारतले १४ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।

नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो।

 

प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार ०८:४०
प्रतिक्रियाहरु