प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, सबैले सुने हुन्छ : प्रधानमन्त्री देउवा

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, सबैले सुने हुन्छ : प्रधानमन्त्री देउवा

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज २४ गते आईतबार ०४:००

पोखरा -:  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न चेतावनी दिनुभएको छ ।प्रधानमन्त्री देउवाले आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने...

पोखरा -:  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न चेतावनी दिनुभएको छ ।प्रधानमन्त्री देउवाले आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, सबैले सुने हुन्छ । कसैले अरु कुनै सपना नदेखे हुन्छ,’ ।

प्रधानमन्त्री देउवाले अरु प्रदेशका सरकारलाई पनि साक्षर घोषणा गर्न गण्डकीबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । यसैक्रममा उहाँले निरक्षरहरुको तथ्यांक निकाली कार्यक्रम बनाइने पनि जनाकारी दिनुभयो।

शिक्षालाई अनिवार्य निशुल्क गर्दै लैजाने नीति लिएर आएको समेत उहाँले बताउनुभयो ।प्रधानमन्त्री देउवाको सोमबार बिहान काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न चेतावनी दिनुभएको छ ।प्रधानमन्त्री देउवाले आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, सबैले सुने हुन्छ । कसैले अरु कुनै सपना नदेखे हुन्छ ।

प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार ०४:००
प्रतिक्रियाहरु