करिश्मा मानन्धरले गरिन् एमाले प्रवेश,फेसवुकमा यस्तो लेखिन्

करिश्मा मानन्धरले गरिन् एमाले प्रवेश,फेसवुकमा यस्तो लेखिन्

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २ गते मङ्गलबार ०५:१३

काठमाडौ -: नायीका करिश्मा मानन्धरले नेकपा एमाले प्रवेश गर्न लागेको संकेत गरेकी छन् । उनी केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर चर्चामा आएकी थिइन् । उनको सो कुराले विवादित पनि बनेकी थिइन् । मोवाइलको...

काठमाडौ -: नायीका करिश्मा मानन्धरले नेकपा एमाले प्रवेश गर्न लागेको संकेत गरेकी छन् । उनी केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर चर्चामा आएकी थिइन् ।

उनको सो कुराले विवादित पनि बनेकी थिइन् । मोवाइलको स्कृन राख्दा उनको मोवाइलमा फोन आएको नभई फोन गरेको (आउट गोइङ) को संकेत देखिएपछि विवादित बनेकी थिइन् ।

तर अहिले भने उनले सामाजिक सञ्जालमार्फत एमालेमा प्रवेश गर्ने संकेत गरेकी छन्। मंगलबार दिउँसो फेसबुकमा उनले केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सेयर गर्दै लगत्तै ‘उहाँलाई अवश्य भेट्नेछु’ भनेकी हुन्। उनले लेखेको स्टाटसमा थुप्रै कमेन्ट आएका छन् । कतिपयले उनलाई एमाले प्रवेश गर्न लागेको संकेतका रुपमा बुझेका छन् ।

एकपटक उनले केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर यस्तै स्क्रिनसट राख्दा ‘इनकमिङ’ होइन, ‘आउटगोइङ’ देखिएपछि फेसबुक प्रयोगकर्ताले कमेन्टमा उल्लीबिल्ली पारेका थिए।

माथिको स्टाटस (बा यत्तिकै भएको होइन रहेछ) र स्क्रिनसटलगत्तै करिश्मा मानन्धरले अर्को स्टाटस लेखेकी छन्, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो संस्कार हो।यो हाँस्ने कुरा होइन। वहाँलाई अवश्य भेट्नेछु।’

प्रकाशित मिति २०७८ कार्तिक २ गते मङ्गलबार ०५:१३
प्रतिक्रियाहरु