सत्तासीन नेपाली काँग्रेसको शीर्ष तहमा प्रधानन्यायाधीश चोलेन्द्र जबराका सन्दर्भमा छलफल भएको छ ‘। मंगलबार अपरान्ह काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकमा प्रधानन्यायाधीश जबराबारे सामान्य छलफल भएको हो ‘।
काँग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानन्यायाधीशबारे पार्टीको धारणा के हो भनेर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई सोधेका थिए ‘। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवा प्रधानन्यायाधीशकै पक्षमा देखिएका छन्’ ।
उहाँ (प्रधानन्यायाधीश) ले राजीनामा दिन्नँ भन्नुभएको छ’ । हामी प्रधानन्यायाधीशमाथि महाभियोगको पक्षमा छैनौं ।’ नेपाली काँग्रेस यो बाटोमा जाँदैन,’ एक नेताले देउवाको भनाइ उद्यृत गर्दै रातोपाटीलाई भने ।
यस्तै वरिष्ठ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानन्यायाधीशबारे सभापति देउवाकै लाइनमा देखिएका छन् ।’ न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने पौडेलको भनाइ छ ।’ न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा काँग्रेस प्रवेश नगर्ने पौडेलले बताए’ ।
‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिती बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन,’ उनले भने’ ।
यता काँग्रेसमा शीर्ष नेताहरु उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह शेखर कोइराला भने राजीनामा नदिए प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने पक्षमा छन्’ ।
जबराको नेतृत्वमा न्यायपालिका कार्य सम्पादन गर्ने अवस्थामा नरहेको कोइरालाको भनाइ छ’ । ‘अब उहाँ (चोलेन्द्र जबरा) नै प्रधानन्यायाधीश भएर कार्य सम्पादन गर्ने अवस्था छैन, त्यसैले उहाँको राजीनामाको विकल्प छैन,’ उनको भनाइ छ ‘।
राजीनामा दिन विलम्ब गरेर आफू अझ विवादास्पद बन्नुभन्दा तत्काल राजीनामा दिएर नैतिक मूल्य कायम गर्नु प्रधानन्यायाधीश जबरालाई कोइरालाको आग्रह छ ‘। तर, जबराले भने आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए’ ।
प्रकाशित मिति २०७८ कार्तिक १० गते बुधबार ०९:५९