राजीनामा दिँदै मुख्यमन्त्री शाक्यले भनिन्- प्रदेश बनाउन सबै मिलेर काम गरौं

राजीनामा दिँदै मुख्यमन्त्री शाक्यले भनिन्- प्रदेश बनाउन सबै मिलेर काम गरौं

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक १० गते बुधबार ०३:०२

हेटौडा : वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले बुधबार राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्य आज विश्वासको मत लिने तयारीमा थिइन्।...

हेटौडा : वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले बुधबार राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्य आज विश्वासको मत लिने तयारीमा थिइन्। विश्वासको मत नपाउने निश्चित भएपछि उनले पदबाट राजीनामा दिएकी हुन्।

मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताइन् । उनले भनीन्, ‘मैले सहजरुपमा छाडिदिएको छु। प्रदेश बनाउन सबै मिलेर काम गरौं।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गुटबन्दीले नेकपा एमाले कमजोर हुँदै गएको बताएकी छन् । बिहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा उपाध्यक्ष शाक्यले एमाले रुपान्तरित हुन जरुरी रहेको बताएकी हुन् ।शाक्यले भनिन्,’ एमाले रुपान्तरित हुन जरुरी छ, हुने कि नहुने ?

उनले सिंगो नेकपा एमाले सुदृढ गर्न समीक्षा गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी गुटबन्दीको सिकार भयौं । त्यसको अन्त्य गरौं ।त्याग र बलिदानको फल हो एमाले । जनजन र मनमनमा एमाले छ । फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ । उनले माधव नेपाललाई फर्केर पार्टीमा आउन आव्हान गरिन्। उनले भनिन् माधव नेपाल कमरेड आन्दोलनमा होइन, फर्किनुहोस्। तपाईंको पनि पार्टीमा ठूलो योगदान छ।

 

प्रकाशित मिति २०७८ कार्तिक १० गते बुधबार ०३:०२
प्रतिक्रियाहरु