काठमाडौं -: प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गराउने भनेर हस्ताक्षर गरेर नै पठाएको बताएका...
काठमाडौं -: प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गराउने भनेर हस्ताक्षर गरेर नै पठाएको बताएका छन् ।
बेलायतमा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्किएको प्रधानमन्त्री देउवाले त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलनमा सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन् ।
उनले सञ्चारकर्मीसँग भने, ‘छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन (हस्ताक्षर) गरेरै पठाएका छौँ।
बेलायतमा आयोजित जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीकी डेपुटी सीईओसँग भेट भएको छ । भेटमा के के कुरा भयो भन्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले खुलाउन चाहेनन् ।
तर, स्वदेश फर्किएका उनलाई सञ्चारकर्मीले एमसीसी कहिले पास हुन्छ भनेर प्रश्न गर्दा गठबन्धनभित्र छलफल भइरहेको जवाफ दिए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७