काठमाडौं -: भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई परीक्षण उडानको अनुमति पाएको हो ।
एरो थाइको परीक्षण उडानका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । उक्त एअरलाइनले एक महिना भित्रै परीक्षण उडान गर्ने बताईएको छ । विमान अवतरण र उडानका लागि धावनमार्ग र टावरको सहजतालगायतका विषय परीक्षण उडानका क्रममा हेर्ने गरिन्छ ।
नेपाल एयरलाइन्सले सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भर्न सुरु गरेको छ । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले आइतबारदेखि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको हो ।
यसअघि नेपाल एयरलाइन्सले विमान संख्या कम भएर उडान भर्न नसकिएको जनाउँदै आएको थियो । अब भने दैनिक उडान हुने भएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगंजबाट सहुलियत दरमा यात्रुहरुले यात्रा गर्न पाउने भएका छन् ।
प्रकाशित मिति २०७८ कार्तिक २२ गते सोमबार १०:०८