प्रकाश नेपाल - थाक्ले पाँचथर । 'पर्यटकीय तथा धार्मिक हिसाबले महत्ब बोकेको पाँचथरको थाक्ले मन्दिर यतिबेला पर्यटकको पर्खाइमा छ । जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्र तथा पर्यटकीय क्षेत्र रहेको थाक्ले उचित प्रचारप्रसार हुन नसक्दा...
पर्यटकको पर्खाइमा
प्रकाश नेपाल – थाक्ले पाँचथर । ‘पर्यटकीय तथा धार्मिक हिसाबले महत्ब बोकेको पाँचथरको थाक्ले मन्दिर यतिबेला पर्यटकको पर्खाइमा छ । जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्र तथा पर्यटकीय क्षेत्र रहेको थाक्ले उचित प्रचारप्रसार हुन नसक्दा गुम्नाम जस्तै बनेको छ ‘। पाँचथर सदरमुकाम फिदिमदेखि करीब ७ किलोमीटर दूरीमा अवस्थित थाक्ले मन्दिरको आफ्नै पुरातात्विक एवं धार्मिक महत्व रहेको छ ‘।
सदरमुकाम फिदिमबजार बाट मेचीराजमार्गको जोरसाल हुदै पुष्पलाल मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पुगिने थाक्ले मन्दिर क्षेत्रले यतिबेला आन्तरिक तथा बाह्य पर्यटक कुरिरहेको हो ।’ सुसाउदै गरेको तमोर नदिलाई पाउमा राखेर पहाडको थुम्कोमा रहेको उक्त क्षेत्रबाट वरिपरि ग्रमिण बस्ती अनि सदरमुकाम नजिकै नियाल्न सकिन्छ । जिल्लाको फिदिम नगरपालिका ४ मा अबस्थित थाक्ले मन्दिरको छुटै बिशेषता रहेको छ ।
मन्दिरको परिसरमा चट्टानका बिच गुफा समेत रहेको छ । गाउँका बाख्रा हराएर खोज्दै जादा यहि गुफामा हराउने भन्ने थाहापाए पछि त्यो दिन बाट यो ठाउँमा देबिको उपासना हुन थालेको किम्बदन्ती पनि रहेको छ ।’ सूचना प्रविधिको विकास नभएको बेला थाक्लेलाई सूचना दिने ठाँउको रुपमा लिईने गरेको बताईन्छ ।
यहाँ सिंहदेबिको मन्दिर, महादेव थान रहेको स्थानिय तुङ्गप्रसाद भण्डारीको भनाई छ । ‘धार्मिक महत्व तथा प्राकृतिक रुपमा सुन्दर यो क्षेत्र भित्र कलात्मक ढंगबाट कुदिएका हस्तकलाले अझ यहाँ पुग्ने जो कोहीको मन भुलाईदिने गर्दछ । पछिल्लो समय यहाँका स्थानियले सरकार समक्ष यो क्षेमा बेद पाठशालाको स्थापना गरिनुपर्ने माग राख्न थालेका छन् ‘।
विक्रम सम्वत १९५४ सालमा निर्मित यस मन्दिर नजिकैसम्म मोटरवाटो सुविधा भएकाले त्यहाँ पुग्न समस्या नभएता पनि पर्यटको संख्या भने खासै देखिदैन । ‘लोक कथन अनुसार विक्रम सम्वत १८००’ पछि अस्तित्वमा आएको यस मन्दिर क्षेत्रका ठूला ठूला ढुंगामा फिदिमका रुद्र तुम्रोकले कुँदेका युमा, सिरिजंगा र शिव पार्वती आदिका मुर्तीले मन्दिरको शोभा वढाएको छ ।
थाक्ने मन्दिरमा मुख्य गरेर धार्मिक हिसावमा हिन्दु धर्मावलम्बीहरुको उपस्थिति हुने गरेको छ । तर पछिल्लो समय थाक्ले क्षेत्रलाई बहुधार्मिक गन्तब्य बनाउने काम भइरहेको छ ।’ यहाँका देबस्थल तथा ऐतिहाँसिक स्थललाई थप प्रचार गर्न सके यहाँ आउने धार्मिक पर्यटकको बृद्धि हुनेमा दुई मत छैन ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७