प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने ६ जना पक्राउ

प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने ६ जना पक्राउ

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २६ गते शुक्रबार १०:५३

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतको इजलास सञ्चालन हुनुपर्ने, सर्वोच्च अदालतलाई बन्धक बनाउन नहुने, नेपाल बार एशोसिएसनको आन्दोलनको...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतको इजलास सञ्चालन हुनुपर्ने, सर्वोच्च अदालतलाई बन्धक बनाउन नहुने, नेपाल बार एशोसिएसनको आन्दोलनको विरोध गर्दै प्रधानन्याधीशको पक्षमा प्रदर्शन गर्ने तारा बरालसहित ६ जनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट नियन्त्रणमा लिएको हो’।

शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारी भएसँगै आन्दोलतरत कानुन व्यवसायी धर्ना गर्न थालेपछि उनीहरु जबराको पक्षमा नाराबाजी गरेका थिए। प्रधानन्यायाधीशका समर्थक र विरोधमा उत्रिएका कानुन व्यवसायीबीच झडप समेत भएको छ’।

प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा कार्यालय छिर्नु अगाडि उनीहरुले धर्ना दिन थालेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ’।  प्रदर्शनका कारण सडक अवरुद्ध ‘भएपछि  त्यस आसपासको क्षेत्रमा ट्राफिक जामसमेत भएको छ’।

प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार १०:५३
प्रतिक्रियाहरु