काठमाडौं -: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम शक्ति खडा गर्ने दाबी छन्। मंसिर १० देखि १२ गतेसम्म हुने ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको...
काठमाडौं -: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम शक्ति खडा गर्ने दाबी छन्। मंसिर १० देखि १२ गतेसम्म हुने ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको बताउँदै ओलीले यसबाट पार्टी निर्माण, विस्तार र एकता प्रकृयालाई नयाँ उचाई प्रदान गर्ने स्पष्ट पारेका छन्।
शनिबार हुने प्रतिनिधि छनोट अगाडि अध्यक्ष ओलीले ०७४ सालको आम निर्वाचनमा एमालेले सुखी नेपाली, समृद्ध नेपालको स्थापना भन्ने परिकल्पना गरेको उल्लेख गरेका छन्। उनले एकता प्रकृयापछि पार्टीको शीर्ष तह, सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीले एकीकरणलाई पूर्णता दिने नभई पार्टी कब्जा गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरेको टिप्पणी गरेका छन्।
ओलीले भनेका छन्, ‘२०७५ जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको सन्दर्भ पारेर कम्युनिष्ट आन्दोलनको दुई मूलधारबीच एकीकरण गरेका थियौं। तर हाम्रो अपेक्षा विपरीत, इतिहासको दुःखद् अध्याय दोहरियो। दोश्रो राष्ट्रिय महाधिवेशनपछि नेतृत्वमा पुगेका दक्षिणपन्थी अवसरवादीहरुले झैं, एकता प्रकृयापछि पार्टीको शीर्ष तह–सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीहरूद्वारा एकीकरणलाई पूर्णता दिने हैन, पार्टी कब्जा गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरियो।’
ओलीले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता माथि निर्णायक विजय हासिल गरी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न आह्वान गरेका छन्।
पूर्वप्रधानमन्त्री ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा बुझ्ने बताएका छन् ‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीवोध र अनुशासन सहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो।’ उनले भने, ‘दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ। दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार हो।’
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७