उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ : बाबुराम भट्टराई

उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ : बाबुराम भट्टराई

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २७ गते शनिवार ०१:०७

गोरखा -:  पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन् । संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका भट्टराइले...

गोरखा -:  पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन् ।

संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका भट्टराइले शुक्रबार साँझ लाप्राकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका हुन् ‘।

उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ, संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ,’ उनले भने, अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ, जनताले बुझ्ने भनेको जिल्ला हो ‘।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंद समेत रहेका भट्टराईले यसका लागि आवाज उठाउन स्थानीयबासीलाई आग्रह गरे ।आफ्नो सक्दा आफ्नो हातमा नआएसम्म, जनप्रतिनिधि आफैंले नचुनेसम्म, तपाईंहरुले विकास र समृद्धि जतिसुकै चिच्याएर पनि पाउनुहुन्न,उनले भने ।

कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने भट्टराइले बताए । ‘आउनुस् उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन साझा मुद्दा बनाएर अभियान चलाऔं,’ उनले भने,‘सबैले आन्दोलन गर्‍यौं संघर्ष गर्‍यौं भने यो सम्भव छ ।’ जसपाले यो संविधान मिलेको छैन, जनताको पहिचान र अधिकार सहितको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको उनले बताए ।

सुज अभियान अन्तर्गत भट्टराई यतिबेला जिल्लाको ग्रामिण भेगमा छन् ‘। गत सोमबार घ्याल्चोकबाट अभियान सुरु गरेका भट्टराई गण्डकी, शहिद लखन, भिमसेन थापा, आरुघाट, धार्चे गाउँपालिकाको विभिन्‍न गाउँ पुगिसकेका छन् ।’ ११ दिने सुज अभियान मंसिर ३ सम्म चल्ने जसपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले बताए ।

सडक नपुगेको ठाउँमा लौरो टेकेर भट्टराईले घरदैलो गरेका छन् ‘। धार्चे गाउँपालिकाको लप्सीबोट, एमगाउँ क्षेत्रमा भट्टराई पैदल नै पुगेका थिए ‘। किसानसँगै धान झाँट्ने, पार्टी नेता/कार्यकर्ता, स्थानीय तथा फरक पार्टीका नेता कार्यकर्तासँग उनी भलाकुसारी गर्दै जिल्ला घुमिरहेका छन् ।

प्रकाशित मिति २०७८ कार्तिक २७ गते शनिवार ०१:०७
प्रतिक्रियाहरु