काठमाडौं -: पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ‘।
मंगलबार गरिएको नेपाल बन्दमा सहयोग पुर्याउने सबैलाई विज्ञप्तिमार्फ् धन्यवाद दिँदै मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने उनले बताए ।उनले पक्राउ गरिएका कार्यकर्तालाई रिहाइको माग गरेका छन्’ । बन्दका क्रममा तीन सय बढी कार्यकर्ता पक्राउ परेका छन्’ ।

कोरोना महामारी फैलिएपछि नेपाल–भारतबीच दैनिक एक÷एक उडान हुँदै आएकोमा अब उडान चार गुणाले बढाइने तयारी गरिएको छ ।
बीबीसीका अनुसार नेपाल–भारतबीचको उडानलाई चारगुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका अधिकारीले बताएका छन्’ ।
‘एयर बबल’ व्यवस्थाअन्तर्गत अहिले दुई देशका नागरिकहरू र अन्य देशका यात्रुको हकमा कूटनीतिज्ञहरू मात्र सहभागी हुँदै आएका छन्’ ।’ बीबीसीका अनुसार गत साता नेपाल र भारतका उड्डयनमन्त्रीबीच दिल्लीमा भएको भेटघाटमा भारतीय पक्षले एयर बबल छिट्टै हटाइदिने बताएको थियो।
यस्तै, साप्ताहिक दुवैतर्फबाट ५६ वटा उडान हुने भएकाले व्यावहारिक रूपमा एयर बबल हटे जस्तै हुनेछ।’ अहिलेसम्म दुवै देशबाट एक–एक गरी एक सातामा कुल १४ वटा भइरहेका थिए’।
गत शुक्रवार दिल्लीमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भारतीय नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य एम सिन्धियासँग एअर बबलको विषयसहित नेपाली उड्डयन क्षेत्रसँग सम्बन्धित तीनवटा कुरा उठाएको बताइएको छ।मन्त्री आलेका अनुसार एयर बबल हटाउने विषयमा सघाउने आश्वासन सिन्धियाले दिएको बीबीसीले जनाएको छ’।
प्रकाशित मिति २०७८ कार्तिक ३० गते मङ्गलबार ०९:३७