साइकल खरिदमा भ्रष्ट्राचार पुष्टि भएपछि मुख्यमन्त्री राउतको राजीनामा माग

साइकल खरिदमा भ्रष्ट्राचार पुष्टि भएपछि मुख्यमन्त्री राउतको राजीनामा माग

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर ३ गते शुक्रबार ११:४२

काठमाडौं -:साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ 'सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ' । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

काठमाडौं -:साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ ‘सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ’ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको ‘कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ‘।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनमले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् ‘।

अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रमाणित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘यो समाचार आजको राजधानी दैनिक मा छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ३ गते शुक्रबार ११:४२
प्रतिक्रियाहरु