कांग्रेसमा ‘ग्याङ फाइट’ : देउवा पक्षले पौडेल पक्षलाई कुट्दा ५ जना घाइते

कांग्रेसमा ‘ग्याङ फाइट’ : देउवा पक्षले पौडेल पक्षलाई कुट्दा ५ जना घाइते

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर ४ गते शनिवार १०:४४

भैरहवा -:  रुपन्देहीमा नेपाली काँग्रेसका दुई समूहबीच ‘ग्याङ फाइट’ (झडप) भएको छ '। झडपमा ५ जना घाइते भएका छन् । शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षलाई कुटपिट गर्दा पाँच जना घाइते भएका हुन्' । शुक्रबार भएको क्षेत्र नम्बर ३ प्रदेश...

भैरहवा -:  रुपन्देहीमा नेपाली काँग्रेसका दुई समूहबीच ‘ग्याङ फाइट’ (झडप) भएको छ ‘। झडपमा ५ जना घाइते भएका छन् । शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षलाई कुटपिट गर्दा पाँच जना घाइते भएका हुन्’ ।

शुक्रबार भएको क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को निर्वाचनको मतगणना भइरहँदा देउवा पक्षले पौडेल पक्षलाई कुटपिट गरेको काँग्रेस स्थानीय नेता संजीव शर्मा रेग्मीले जानकारी दिए ‘।

भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहँदा गएराति २–२ः३० बजेको बीचमा देउवा पक्षबाट आफ्नो समूहमाथि कुटपिट भएको काँग्रेस क्षेत्र नम्बर ३ प्रदेशसभा (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए’ ।

कुटपिटबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेसकुमार पन्त गम्भीर घाइते भएका छन् ।’ घाइते पन्तलाई भीम अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट मणिग्रामस्थित क्रिमिशन अस्पतालमा रेफर गरिएको थियो ‘। क्रिमिशन अस्पतालले लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरेको थियो ।

अहिले पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ‘।गुण्डागर्दी शैलीमा कुटपिट भएपछि पन्तजी गम्भीर घाइते हुनुभएको छ श्रेष्ठले भने, नाकमा ठूलो चोट लागेको छ, शरीर रगताम्य भएको छ ।

देउवा पक्षको कुटपिटपछि घाइते भएका अन्य ५ जनाको भैरहवामै उपचार भइरहेको छ ‘। श्रेष्ठका अनुसार तरुणदल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको देउवा पक्षका युवाहरुको समूहले पन्तलगायतलाई कुटपिट गरेको हो’ ।

मतगणनाका क्रममा श्रेष्ठ पक्षीय उम्मेदवारले अग्रता लिन थालेपछि जेनेटर बन्द गरी देउवा पक्षले आक्रमण गरेको हो ।’ विवाद र कुटपिट भएपछि अहिले मतगणना स्थगित भएको छ’ ।

रुपन्देही प्रहरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताए ।’ उनले भने, म रातभरी त्यही मतगणना स्थलमा खटिएको थिएँ तर त्यहाँ कुनै किसिमका झैझगडा भएको छैन ‘। बाहिर कतै भएको भए थाहा भएन’ ।

 

प्रकाशित मिति २०७८ मङ्सिर ४ गते शनिवार १०:४४
प्रतिक्रियाहरु