काठमाडौँ -: नेकपा एमालेको आसन्न महाधिवेशनमा सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गर्न अहिले आफू निकटका नेताहरुसँग परामर्श थालेको...
काठमाडौँ -: नेकपा एमालेको आसन्न महाधिवेशनमा सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गर्न अहिले आफू निकटका नेताहरुसँग परामर्श थालेको बताइएको छ । निकट नेताहरूले समे उक्त पदमा उठ्नुपर्ने सुझाव दिएकाे स्राेतकाे भनाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म तलदेखि माथिसम्मै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पछि पदका आकांक्षीहरू भने बढेका छन् । स्वयं ओलीलाई चुनौती दिन अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यससँगै महाधिवेशन सर्वसम्मत नभएर निर्वाचनतर्फ नै केन्द्रित हुने संकेत बलियो बनेकाे छ । यही बेला रावलपछि नेता नेम्वाङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा एमाले महासचिव रहेका ईश्वर पोखरेलकाे दाबी छ ।
उनले ओलीको चाहना अनुसार नै आफू पनि सर्वसहमतिको पक्षमा रहेको बताएका छन् । तर यदि महाधिवेशन निर्वाचनतर्फ गएमा आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने उनको भनाइ छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७