हार जित आफ्नै ठाउँमा छ भन्दै भीम रावलद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

हार जित आफ्नै ठाउँमा छ भन्दै भीम रावलद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर १३ गते सोमबार ०९:५६

चितवन -: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चितवनमा जारी १०औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्। सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष...

चितवन -: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चितवनमा जारी १०औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्।

सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । तर उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो ।

आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि नै ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । यसैगरी बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने र १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यदि कुनै उम्मेद्वारका विरुद्ध उजुरी परेमा बिहान १०ः५० बजेसम्म उक्त उजुरीउपर छानबिन र निर्णय हुनेछ । त्यसपछि ११ः५५ बजेदेखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ, उक्त समयमा उम्मेद्वारहरुले उम्मेदवारी फिर्ता नलिएमा मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ ।सबै प्रक्रिया पूरा भएपछि राति ९ बजेदेखि बिहानको ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति २०७८ मङ्सिर १३ गते सोमबार ०९:५६
प्रतिक्रियाहरु