सर्लाही -: हिजो गाेली चलेको सर्लाहीको काँग्रेस जिल्ला अधिवेशनमा आज (सोमबार) पनि झडप भएको छ । झडपमा परि निर्वाचन अधिकृतसहित ५ घाइते भएका छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका...
सर्लाही -: हिजो गाेली चलेको सर्लाहीको काँग्रेस जिल्ला अधिवेशनमा आज (सोमबार) पनि झडप भएको छ । झडपमा परि निर्वाचन अधिकृतसहित ५ घाइते भएका छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि काँग्रेसकै कार्यकर्ताहरुले आक्रमण गरेपछि विवाद शुरु भएको हो ।
क्षेत्र न, ४ कै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका पक्षधर कार्यकर्ताले मतदान अधिकृत झामाथि आक्रमण गरेको सर्लाही प्रहरीले बताएको छ ।सुरुमा सामान्य विवाद भएपनि प्रहरीले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन खोज्दा झडपको स्थिती सृजना भएको हो ।
कुटपिटबाट अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको र हात पनि भाँचिएको प्रहरीले बताएको छ । त्यस्तैगरी ३ प्रहरी पनि घाइते भएका छन् । आक्रमण गर्ने पक्षका एकजना घाइते भएका छन् ।आइतबार पनि सोही क्षेत्रको महाधिवेशनमा विवाद हुँदा गोली चलेको थियो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७