इनरुवा: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिकामा आज पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता...
इनरुवा: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिकामा आज पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताए।
अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उनले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताए। एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा गरे। चितवनमा गैँडालाई थमाइएको पार्टीको झण्डा छिट्टै अब बाँदरले बोक्ने दिनसमेत आउने उनको भनाइ थियो।
ओलीको एमालेभन्दा आफ्नो पार्टी देशभर सदृढ बन्दै गएको उनले उल्लेख गरे। कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहितका पार्टीका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता थियो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७