काठमाडौं -: गुन्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागारको चौकीदार (पाले)को जिम्मेवारी दिइए पछि अरु कैदबन्दीहरुले त्यसविरुद्ध प्रदर्शन गरेका छन् ‘।
अपहरण तथा शरीर बन्धक मुद्दामा दुई हप्ता मात्र पक्राउ परेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याएर पाले बनाइएपछि कैदबन्दीहरुले त्यसविरुद्ध विरोध गरेका हुन् ‘।
मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको छ ।’ जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने जिम्मेवारी प्रदान हुन् ‘।
अन्य कैदीबन्दीहरुले भने गिरीलाई विराटनगर यहाँ आउन नदिन भन्दै प्रदर्शन गरेका थिए ।’ गिरीलाई यसअघि कात्तिक १६ गते बिहान पहिलो पटक विराटनगर ल्याइएको थियो ‘। त्यतिबेला पनि कैदीबन्दीले प्रदर्शन गर्दै उनलाई प्रवेश गर्न दिएका थिएनन्।
कैदीबन्दीले गिरीलाई कारागार प्रवेश गर्न नदिएपछि कारागार व्यवस्था विभागले गिरीलाई सप्तरी कारागार नै लगेको थियो । तर, सप्तरी गएको १७ दिनमै कांग्रेस नेताहरूको दबाबमा उनलाई मोरङ सरुवा गरिएको छ’ ।
गिरीलाई मोरङमा ल्याउनुअघि गिरीविरुद्ध उत्रने चौकीदारसहित दर्जन बढीको सरुवा गरिएको थियो ‘। साथै, गिरीले यसअघि पनि मोरङ कारागारमा चौकीदारको जिम्मेवारी लिइसकेका छन्’ ।
उनी मोरङ चौकीदारको रूपमा रहँदा बजार क्षेत्रमा गुण्डागर्दी, फिरौती तथा असुलीको धन्दा चलाएको र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार ल्याइएको थियो ‘।
त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै उनी पुनः मोरङ फिर्ता हुन सफल भएका हुन् ‘।
प्रकाशित मिति २०७८ मङ्सिर २३ गते बिहिबार ०५:१३