कांग्रेस महाधिवेशनस्थलमा गगन र विश्वप्रकाश लाइ हराउन खोजेको भन्दै नाराबाजी

कांग्रेस महाधिवेशनस्थलमा गगन र विश्वप्रकाश लाइ हराउन खोजेको भन्दै  नाराबाजी

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर २७ गते सोमबार ०५:१०

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप अहिले फरक दुई दलको चुनावी मैदान जस्तो भएको छ।खासगरी सभापति शेरबहादुर देउवा र अर्का प्रत्यासी डा. शेखर कोइरालाका समर्थकबीच भृकुटीमण्डपस्थित सडकमा नाराबाजी चलिरहेको छ। महाधिवेशनस्थलस्थित...

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप अहिले फरक दुई दलको चुनावी मैदान जस्तो भएको छ।खासगरी सभापति शेरबहादुर देउवा र अर्का प्रत्यासी डा. शेखर कोइरालाका समर्थकबीच भृकुटीमण्डपस्थित सडकमा नाराबाजी चलिरहेको छ।

महाधिवेशनस्थलस्थित भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुले फरक प्यानलबाट महामन्त्रीमा उठेका विश्वप्रकाश शर्मा र गगन थापाको समर्थनमा नाराबाजी गरेका छन्।

सभापति शेरबहादुर देउवा राष्ट्रिय सभागृहस्थित मतदानस्थलको गेटमा बसेर भोट मागिरहँदा कोइरालाका समर्थकहरुले सडकमा नाराबाजी गरेका छन्।

कांग्रेसको नेतृत्व फेर्नै पर्ने तर्कसहित उनीहरुले नाराबाजी गरेका हुन्। नाराबाजी र प्रदर्शन बढ्दै गएपछि प्रहरीले तीनै मतदानस्थलतर्फ भीडलाई अघि बढ्न नदिन सडकमै बार तेर्स्याएर राखेको छ।

 

नेपाली कांग्रेसको जारी चौधौँ महाधिवेशन अन्तर्गत सोमबार बिहानदेखि जारी मतदान मतपत्र सकिएपछि रोकिएको छ।सभापति पदमा दिउँसो सवा ३ बजेसम्म १५ सय बढी मत खसेको थियो। यस्तो अवस्थामा केही बेरअघि मतपत्र नै सकिएपछि मतदान रोकिएको हो।मतपत्र सकिएकाले सभापतिसहित सबै पदको मतदान रोकिएको जानकारी निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले नेपालखबरलाई दिएका छन्।

उनका अनुसार प्रेसमा छापिएर तयार भइसकेको मतपत्र अहिले आउने क्रममा छ। ‘प्रेसमा मतपत्र तयार भइसकेको छ’, उनले भने, ‘आउने क्रममा रहेकाले केही बेरपछि मतदान अघि बढ्नेछ।

कांग्रेसको नयाँ नेतृत्वका लागि नेता कुलबहादुर गुरुङले बिहान ११ बजेर २३ मिनेटमा पहिलो मतदान गरेका थिए। कागजको मतपत्र भएकाले २९ वटा मतपत्रमा मतदान गर्न एकजना महाधिवेशन प्रतिनिधिलाई झण्डै एक घण्टा लाग्ने गरेको छ।

निवर्तमान सभापति शेबहादुर देउवाले सबै पदमा मतदान गर्न करिब एक घण्टा समय खर्चिएका थिए। निवर्तमान महामन्त्री पूर्णबहादुर खड्काले आफूलाई ५० मिनेट समय मतदानमा लागेको बताएका छन्।

 

 

प्रकाशित मिति २०७८ मङ्सिर २७ गते सोमबार ०५:१०
प्रतिक्रियाहरु