काठमाडौं -: प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक...
काठमाडौं -: प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिए ।
आफूपनि राष्ट्रवादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफूलाई आवश्यक नरहेको उनको भनाइ छ । उनलले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताए ।
उनले सत्ता गठबन्धन कुनै दलको विरोध गर्नका लागि नभएको जिकिर गरे । देउवाले संसद बचाउदै यसलाई पूर्व अवधि चलाउनका गठबन्धन निर्माण भएको बताए ।
उनले अब संसदलाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे । त्यस्तै उनले गठबन्धनलाई चूनावपछि पनि निरन्तरता दिन तयार रहेको बताए ।
देउवाले शान्ति प्रक्रिया र संविधानसभाको चूनावमा प्रचण्डको भूमिका निकै महत्वपूर्ण रहेको बताए । समावेशी समानुपातिक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको बताए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७