केपी ओली इमान्दार तानाशाह : बाबुराम भट्टराई

केपी ओली इमान्दार तानाशाह : बाबुराम भट्टराई

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २२ गते बुधबार ०५:०१

२२ पुस, काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा...

२२ पुस, काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए ।

‘जेलबाट निस्किएर आएपछि उहाँ अग्रमणको विरोधी हो । उहाँले लुकाउनु भएको छैन । उहाँ इमान्दार तानाशाह हो, भट्टराईले भने । तर, अहिले पनि केपी ओलीलाई पार्टीबाट ननिकालिएकोमा उनले प्रश्न गरे,केपी ओली परिवर्तनको विरोधी मान्छे हो । तपाईंहरु (नेकपाका नेताहरु) ले कसरी बोकेर ल्याउनुभयो, अचम्म लाग्छ ।

भट्टराईले ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिए ।केपी ओली राजनीतिक क्यान्सर हो । राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ’उनले भने । पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न आग्रह समेत गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले ओलीलाई तेस्रो आरोप पनि लगाएका छन् । उनले ओलीलाई बाह्य शक्तिको मतियार भएको बताए । ‘नियोजित ढंगले संविधान उल्ट्याएर देशमा अस्थिरता ल्याउने बाह्य शक्तिको केपी ओली मतियार हो’ उनले आफ्नो अभिव्यक्ति गलत सावित भएको देख्न चाहने बताए ।

तर, बाह्य शक्ति पनि नेपालकै आन्तरिक कमजोरीका कारण निम्तिएको उनको भनाइ थियो । ‘हाम्रै गल्ती र कमजोरीमा विदेशीले खेल्ने हो । मार्क्सवादीहरुले विनाशको कारण आन्तरिक हुन्छ भन्छ । मुख्य कमजोरी तपाईं हाम्रै हो, भट्टराईले भने ।

भट्टराईले संसद् विघटन विरुद्ध एकजुट हुनुपर्ने बताए । तर, त्यसका लागि केपी ओलीलाई प्रचण्ड–माधव समूहले कमिटीबाट ननिकालेको आशंका भएको उनले बताए । ‘बीचमै अलपत्र पार्ने त होइन भन्ने काँग्रेस र हामीसँग आशंका छ, चाँडो प्रष्ट हुनुहोस्’भट्टराईले भने ।

तर, अहिले राष्ट्रियता र संविधान खतरामा परेकाले संघर्षका लागि जनतासँग आग्रह गरे ।हामी सबै मिलेर प्रतिगमनको बाटो विरुद्ध लडौं’ भट्टराईले भने,अदालतसँग आशा गरौं, भरोसा नगरौं । जनतामा विश्वास गरौं, यो संविधान जनताले बनाएको हो ।

अदालतले न्यायको नौं सिङ्ग प्रयोग गर्न सक्छ, तर हामीले सभामुखलाई भनेर संसद जीवितै राख्ने राजनीतिक सहमति छ, उनले बताए ।यो संविधानमा त्रुटि भएपनि प्राप्त उपलब्धी समेत गुम्न नदिन संसद विघटनको निर्णय विरुद्ध संघर्षमा होमिएको भट्टराईले बताए ।

प्रकाशित मिति २०७७ पुस २२ गते बुधबार ०५:०१
प्रतिक्रियाहरु