लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो, राजाभन्दा बढी सुविधा राष्ट्रपति र नेताहरुलाई: लिङ्देन

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो, राजाभन्दा बढी सुविधा राष्ट्रपति र नेताहरुलाई: लिङ्देन

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस २३ गते शुक्रबार ११:५५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले राजनीतिक दलहरुले बढी सुविधा लिइरहेको बताएका छन् । अहिलेको भन्दा राजा नै ठीक रहेको उनको दाबी छ । उनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले राजनीतिक दलहरुले बढी सुविधा लिइरहेको बताएका छन् । अहिलेको भन्दा राजा नै ठीक रहेको उनको दाबी छ ।

उनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् । मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको उनले आरोप लगाए ।

मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, गणतन्त्र आएको १५ वर्ष भइसकेको छ ।

युवाहरूलाई रोजगारी सिर्जना हुने एउटा पनि काम यी दलहरूले गर्न सकेन । यिनीहरूले देशलाई बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् ।

राजनीतिक दलहरूकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारका क्रममा देश बाहिर रहेको उनले बताए । उनले नेताहरूकै कारण स्वाभिमानी नेपाली बेरोजगार भएर अरवियनहरूको नोकर बन्न बाध्य भइरहेको बताएका थिए ।

प्रकाशित मिति २०७८ पुस २३ गते शुक्रबार ११:५५
प्रतिक्रियाहरु