काठमाडौँ -: प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।देउवाले आफू प्रधानमन्त्री बनेको ६ महिनापछि आज पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । आज दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्बोधन...
काठमाडौँ -: प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।देउवाले आफू प्रधानमन्त्री बनेको ६ महिनापछि आज पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । आज दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले गरेका कामकारबाही तथा मुलुकमा पछिल्लो समय पुनः बढेको कोरोना संक्रमण लगायत विषयबारे जनतालाई जानकारी गराउनेछन् । उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
मुलुकले आगामी वैशाखमा नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने बाध्यता छ । साथै संघीय निर्वाचनबारे समेत दलहरुबीच छलफल चलिरहेको छ । यी लगायत विषय पनि प्रधानमन्त्रीको सम्बोधनमा समेटिने जनाइएको छ ।
प्रधानमन्त्रीको सम्बोधनपछि आजै अपराह्न ४ बजे सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक पनि बालुवाटारमै बस्ने तय भएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७