नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयद्वारा तोडफोड सम्मान सोरुप एक सेयर गरौ

नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयद्वारा तोडफोड सम्मान सोरुप एक सेयर गरौ

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ १९ गते बुधबार ०९:४९

धनगढी–: कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफाेड गरेका छन्।हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका...

धनगढी–: कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफाेड गरेका छन्।हालै नेपाल–भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर शनिबार त्यहाँका स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन्।

नेपाली भुमि भारतमा परेको चर्चापछि शनिबार नै नेपाली का‌ंग्रेस कञ्चनपुरको टोलीले पनि उक्त क्षेत्रको अनुगमन गरेको छ।नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए।

उनले भने,हामी त्यहाँ पुग्नु अगावै तोडफोड भइसकेको रहेछ। सीमा पिल्लर तोडिनु जनआक्रोश हो।’सीमा स्तम्भ तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमा स्तम्भ गाडेर नेपाली भूमि हडप्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो।साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा परेपछि सीमा विवाद बाहिर आएको हो।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर दुई ‘डाक्टर’ नेताबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच आरोप प्रत्यारोप चलेको हो ।

डा. भट्टराईले आफूमाथि गलत आरोप लगाएको भन्दै डा. रावलको पीएचडी कतै नक्कली त हैन भनी आशंका गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता लेख्दै डा भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा रावलले गलत आरोप लगाएको बताए ।

उनले भनेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको ? हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?

त्यसअघि डा रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए, जसमा डा भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरोप समेत थियो । उनले भनेका थिए

हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।बाबुराले गाेप्य रूपमा सम्झाैता गरेकाे भन्ने डा रावलकाे आरोप तथ्यसहित पुष्टि गर्न उनले चुनाैती दिएका छन् ।

 

प्रकाशित मिति २०७८ माघ १९ गते बुधबार ०९:४९
प्रतिक्रियाहरु