गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सफल भएको छ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट)  सफल भएको छ

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण १७ गते मङ्गलबार ०८:३९

भैरहवा -: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ । 'विदेशीसहितको प्राविधिक टोलीले डेढ साता लगाएर यान्त्रिक परीक्षण उडान गरेको हो । प्रारम्भिक प्रतिवेदनअनुसार विमानस्थलको...

जेठ पहिलो साताबाट व्यावसायिक उडान गर्ने तयारी

भैरहवा -: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ । ‘विदेशीसहितको प्राविधिक टोलीले डेढ साता लगाएर यान्त्रिक परीक्षण उडान गरेको हो । प्रारम्भिक प्रतिवेदनअनुसार विमानस्थलको यान्त्रिक परीक्षण सफल भएको जनाइएको छ ।

थाइल्यान्डबाट ल्याइएको विशेष विमानमार्फत परीक्षण उडान गरिएको हो । उडान गरेको विमानको दूरी, उचाइ, विमानले प्रयोग गर्ने हवाई रुटको जाँच, उडान र अवतरण गर्दा धावनमार्गमा जडित लाइटिङलगायत उपकरणको परीक्षण गरिएको विमानस्थल आईसीपी टूका आयोजना प्रमुख तथा राष्ट्रिय गौरव आयोजनका उपनिर्देशक प्रविन न्यौपानेले बताए ’।

विमानस्थल सञ्चालनपूर्व जडित सञ्चार उपकरणको परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ, जसबाट उपकरण ठीक भए/नभएको रिपोर्ट आएपछि त्यहीअनुसार अघि बढ्छ । प्राविधिक टोलीले अन्य उपकरण र हवाई रुटबारे पनि परीक्षण गरेको छ ’। गौतमबुद्ध विमानस्थलमा गरिएका सबै यान्त्रिक परीक्षण सफल भएको न्यौपानेले जनाए ’।

विमानस्थलमा आईसीपी वानअन्तर्गत भौतिक संरचना निर्माण र आईसीपी टूअन्तर्गत सञ्चार, मौसम र विमानको दिशा पत्ता लगाउनेलगायतका उपकरण जडानसहितको यान्त्रिक परीक्षण उडानका काम भएको हो । विमानस्थलको आईसीपी टूको ठेक्का थाइल्यान्डको एरो थाई कम्पनीले गरेको हो ।

विमानस्थल सञ्चालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ देखि सय दिनको योजनाअन्तर्गत काम भइरहेका छन् । विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका निकायबाट काम जारी छ ।’ यो विमानस्थलबाट आउँदो जेठ पहिलो साताबाट व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ’।

परीक्षण उडानको काम सकिएकाले अबको दुई साताभित्र एरो थाई कम्पनीले नेपाल नागरिक उड्डयन मन्त्रालयलाई यान्त्रिक परीक्षण उडानको अन्तिम प्रतिवेदन दिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।’ त्यसपछि इन्टरनेसनल सिभिल एसिएसन अर्गनाइजेसन (आईकाओ) लगायतबाट प्रतिवेदन स्वीकृत गरिएपछि टेस्ट फ्लाइट गरेर व्यावसायिक उडान सुरु हुनेछ । नेपाल एयरलाइन्सकै विमानबाट विमानस्थलको रनवे परीक्षण गर्ने तयारी छ’ ।

 

प्रकाशित मिति २०७८ फाल्गुण १७ गते मङ्गलबार ०८:३९
प्रतिक्रियाहरु