एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन : ओली

एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन : ओली

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण १७ गते मङ्गलबार ०२:०८

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता...

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् ।

उनले भने, गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्‍बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण  सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष अ‍ोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर  एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला  फैलाएको प्रति आपत्ति जनाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताएका छन् ।

एमसीसी राष्ट्रघाती हो कि होइन भनि कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ?भन्ने प्रश्न गर्दै उनले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरुले बहाना बनाएर एमसीसी पास गराएको आरोप लगाए ।

हामी एमसीसीको बारेमा संसदमा बहस गर्न चाहन्थ्यौं तर हामीमाथि ज्यादती भयो,’ उनले भने ।अपराधिक कृयाकलापमा लागेकालाई पार्टीबाट निष्काशन गर्दा पनि सूचना ननिकालेको आरोप लगाउँदै उनले आफूहरुले त्यसको विरोधमा संसदमा अवाज उठाउँदा पेलेर जाने कार्य भएको बताए लगाए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यष ओलीले सांसदभन्दा दुई चार गुणा प्रहरी राखेर सभामुखले गर्व महसुस गरेर खुरुखुरु संसद सञ्चालन गरेको टिप्पणी गरे । जुन प्रस्ताव संसदमा प्रस्तुत भयो त्यो कानुन सम्मत नरहेको बताउँदै उनले कानुनअनुसार कुनै एउटै अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव त्यही अधिवेशनमा छलफल गर्नुपर्ने प्रावधन रहेको जिकिर गरे । तर तीन वर्ष अगाडि पेस भएको मृत्त प्रस्तावमाथि तथाकथित रुपमा गैरकानुनी रुपमा छलफल गराएको उनको आरोप छ ।

 

 

प्रकाशित मिति २०७८ फाल्गुण १७ गते मङ्गलबार ०२:०८
प्रतिक्रियाहरु