कांग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : प्रचण्ड

कांग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत ३ गते बिहिबार ०२:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली कांग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताउनुभएको छ । बुटवलमा प्रेस सेन्टरले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली कांग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताउनुभएको छ ।

बुटवलमा प्रेस सेन्टरले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले नपत्याएको अवस्थामा एमालेसँग सहकार्य हुने बताउनुभएको हो ।

एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उहाँले भन्नुभयो, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’

उहाँले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा तालमेलबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताउनुभएको छ ।

होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिन्हलाई जनताले साथ दिने बताउनुभयो ।

निर्वाचनमा प्रगतिशील र प्रतिगामीबीच प्रतिस्पर्धा हुने भन्दै नेपालले जनताले प्रगतिशील विचारलाई साथ दिनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत होलिकाको जस्तै हुने बताउनुभयो ।

सो क्रममा नेता नेपालले समाजवादीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतीक रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०७८ चैत ३ गते बिहिबार ०२:१५
प्रतिक्रियाहरु