देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द भएपछि ग्राहक समस्यामा पर्ने भएका छन् । बुधवार साँझवाट मुलुकभरका यातायात कार्यालयवाट दिइने सेवा बन्द गरिने भएको हो । यातायात कार्यालयले सूचना जारी गर्दै त्यसवारे जानकारी दिएको हो ।
यातायात व्यवस्था विभागले सर्भरमा विद्युतीय समस्या देखिएका कारण सेवा दिन नसकेको जनाएको छ । समस्याको समाधान नहुँदा सम्मका लागि बुधवार ५ बजेदेखि सबै सेवा अवरुद्ध हुने सार्वजनिक रूपमा जानकारी गराएको छ ।
यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन्–‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ।’
यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुनेछ ।source sagarmathadaily














