स्थानीय चुनावमा ओली र राप्रपाबीच चुनावी तालमेल यस्तो छ रणनीति

स्थानीय चुनावमा ओली र राप्रपाबीच चुनावी तालमेल यस्तो छ रणनीति

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत १८ गते शुक्रबार ११:२६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ। नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ। नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटका क्रममा स्थानीय चुनावबारे पनि छलफल भएको थियो। महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पनि हुन्।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक घटनाक्रम र वैशाखमा हुने स्थानीय चुनावलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘एमाले र राप्रपाबीच संवाद गर्दै जाने भन्ने छ।’ ओलीसँग महामन्त्रीको भेटपछि एमाले र राप्रपाबीच तालमेल हुन लागेको अनुमान गर्न थालिएको छ ।

यो पनि पढ्नुहोस

एमसीसीबारे बल्ल बाहिरियो भारतीय प्रतिक्रिया

भारतीय सेनाका पूर्वजर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै नेपाल तीन ढुंगाको तरुल भएको टिप्पणी गरेका छन् ।

पृथ्वीनारायण शाहको उदाहरण दिँदै पूर्वजर्नेल मेहताले एमसीसीले चीनलाई पराजित गरेर नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपाल तीन ढुंगाबीचको तरुल भएको टिप्पणी गरेका हुन् ।

‘यसबेला हामी पृथ्वीनारायण शाहले याद गर्छौ, उनले कुनै बेला भनेका थिए, नेपाल दुई ढुंगाबीचको तरुल हो, अब नेपाल तीन ढुंगाबीचको तरुल हुन पुगेको छ,’ मेहताले भने, ‘किनभने अमेरिका पनि नेपालमा आयो, यसअघि अमेरिका कहिल्यै नेपाल आएको थिएन, उ अलि पछाडि नै थियो । तर, अहिले एमसीसीमार्फत इन्डो–प्यासोफिक रणनीति लागू गर्न अर्थात चीनलाई घेर्ने जुन रणनीति बनाएको थियो, त्यो अब अमेरिकाले गर्छ ।’

एमसीसी पारित भएसँगै नेपालमा चीन पराजित अवस्थामा रहेको भनेर पटक–पटक उल्लेख गरेका मेहताले एमसीसीले चिनियाँ सहयोग बिआरआईलाई रोक्ने जिकिर पनि गरेका छन् । ‘यसको मतलब यो होइन कि एमसीसीले सबै काम गर्छ ।

तर, एमसीसीले बिआरआईलाई भने रोक्छ, देख्नुभयो नि बिआरआईमा चीनले अहिलेसम्म पैसा पनि हालेको छैन,’ मेहताले अगाडि भने, ‘बिआरआई सन् २०१७–१८ देखिको कुरा हो, कतिवटा रेल्वे लाइन, कतिवटा कोरिडर बनाउने भन्ने कुरा थियो नि रु अहिलेसम्म त्यो बन्यो त बनेन नि, त्यसलै एमसीसीमा चीनले हारेको छ ।Source-galaxykhabar

प्रकाशित मिति २०७८ चैत १८ गते शुक्रबार ११:२६
प्रतिक्रियाहरु