नेपालमा भारत विकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य – डा. भीमार्जुन

नेपालमा भारत विकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य – डा. भीमार्जुन

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत १९ गते शनिवार ०८:३५

काठमाडौं -: संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालका राजनीतिक दल र यसका शीर्ष नेताहरुले संविधानमाथि घात गरेको आरोप लगाएका छन् । उनले संविधानलाई लिएर अथरसिप र अनरसिपको समस्या आएको पनि टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको...

काठमाडौं -:

संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालका राजनीतिक दल र यसका शीर्ष नेताहरुले संविधानमाथि घात गरेको आरोप लगाएका छन् । उनले संविधानलाई लिएर अथरसिप र अनरसिपको समस्या आएको पनि टिप्पणी गरेका छन् ।

सातौं संविधान दिवसको अवसरमा प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. आचार्यले नेपालमा विकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य भएको आरोप लगाए । हिजोआज लेखिने संविधानका अन्तरवस्तु लगभग उस्तै हुने उनको भनाई छ ।

उनले संविधान जारी भएपछि त्यसको ईमानदारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अघि बढिरहेको भए नेपालको संविधानको धेरै छिटो अन्त्य आफूले देखेको पनि स्मरण गराए ।

उनले भने, मुलुक एकखालको मुठभेडमा जाँदै थियो, नेपाली सेना पनि विवादमा आउने खतरा मैले देखिरहेको थिएँ । त्यो मुठभेडले अन्यत्र लैजाने सम्भावना देखिन्थ्यो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिड्ने भएको टिप्पणी गर्नुभएको छ।

सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो’ ।ओली त्यस्ता मान्छे हुन् मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन्’।

मान्छे दंग पर्छन्  बालुवाटारबाट बालकोट जाने भनेको हारेको, सन्नाटा भएर के गर्ने भनेर सोच्दै जानुपर्नेमा पञ्चे बाजा बजाएर, जितेजसरी गए। कति करोड खर्चेर मानिस बोलाएको थाहा पाएँ मैले, यस्तो नाटक गर्ने तिनी’।

अध्यक्ष प्रचण्डले ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताउनुभयो । ‘उहाँले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताउनुभयो ।

ओलीले आफूले मनपरी गरेर आरुलाई दोष दिने गरेको पनि उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ?मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?

उहाँले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभयो ।उहाँले माओवादीमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाको भन्दै चिन्ता व्यक्त गनुभयो’ ।

प्रकाशित मिति २०७८ चैत १९ गते शनिवार ०८:३५
प्रतिक्रियाहरु