एमसीसी फेल गरेको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : सुरेन्द्र पाण्डे

एमसीसी फेल गरेको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : सुरेन्द्र पाण्डे

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत २१ गते सोमबार ०५:५६

काठमाडौँ पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी निकाय मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान नेपालले स्वीकार नगरेको भए नेपाल आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसक्ने बताएका छन्...

काठमाडौँ

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी निकाय मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान नेपालले स्वीकार नगरेको भए नेपाल आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसक्ने बताएका छन् ।

नेपालले एमसीसी अनुदान स्वीकार नगरेको भए अहिले श्रीलंका जस्तै आर्थिक संकट भोगिरहेको अवस्थामा हुने उनको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२ मा पाण्डेले यस्तो बताएका हुन् ।

हाम्रो आर्थिक परिदृश्य कहीँ न कहीँ एमसीसीसँग जोडिएको छ । एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं,’ पाण्डेले भने । आफ्नो दल नेकपा एमाले प्रतिपक्षी भएकाले एमसीसी पास गर्ने बेलामा केही नबोलेको पनि उनले बताए ।

‘सरकारमा भएको दलले एमसीसी अनुदान स्वीकार गर्ने प्रस्ताव संसदमा लग्यो । दुई तिहाइबाटै सरकार बन्ने भएकाले त्यो पास गर्न सक्थ्यो । हामी प्रतिपक्षले पास गर्छु भन्दै दौडिँदै जान भएन ।’ उनले भने, ‘प्रतिपक्षले बजेट पास गर्न दिन्छ ? एमसीसीको अवस्था पनि त्यस्तै हो ।

 

 

प्रकाशित मिति २०७८ चैत २१ गते सोमबार ०५:५६
प्रतिक्रियाहरु