काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन्।
आफू एमालेमा रहँदा बृद्धाभत्ताको सुरुवात गरेको भन्दै...
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन्।
आफू एमालेमा रहँदा बृद्धाभत्ताको सुरुवात गरेको भन्दै अब भत्ता बृद्धि गर्ने उनले बताए। कपिलवस्तुको शिवराज नगरपालिका चन्दौटामा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बर्बराउन थालेको बताए।
नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने बताए। पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताउँदै सबै दलहरू गठबन्धन प्रति सकारात्मक रहेको बताए।
एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडि बढेको बताउँदै न्याय, सत्य र परिवर्तनको लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे।
६ महिनाअघि गठन गरेको पार्टीमा अहिले जनताको लहर रहेको बताउँदै मेयर र वडा अध्यक्ष दैनिक रूपमा पार्टी प्रवेश गरेको बताए।
लुम्बिनी सँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउँदै पर्यटक भित्रिएमा नागरिकहरू आत्मनिर्भर बन्ने बताए।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७