बाबुरामले भने”व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्”

बाबुरामले भने”व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्”

छाँयापाटी

@छाँयापाटी

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०२:२८

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति ओली नभई ओली प्रवृत्ति भएको बताएका हुन् । उनले ओली व्यक्तिको रूपमा मनपर्ने मान्छे भए पनि ओली प्रवृत्ति प्रतिगमन, कुशासन र अल्पविकासको मुख्य वाहक भएको बताए ।

काठमाडौं –: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली प्रवृत्ति देशको मुख्य मुद्दा भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति ओली नभई ओली प्रवृत्ति भएको बताएका हुन् । उनले ओली व्यक्तिको रूपमा मनपर्ने मान्छे भए पनि ओली प्रवृत्ति प्रतिगमन, कुशासन र अल्पविकासको मुख्य वाहक भएको बताए ।

डा. भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक भएकोले कुनैपनि वहानामा काधँ थाप्ने गल्ती नगर्न भनेका छन् ।उनले भनेका छन् – आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो।व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्।तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक हो।अग्रगमनको मुख्य वाधक हो।यो एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई काॅध थाप्ने गल्ती नगरौं!

प्रकाशित मिति २०७७ मङ्सिर ९ गते मङ्गलबार ०२:२८
प्रतिक्रियाहरु