वर्दिया, ४ माघ -: नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको आरोप लगाउनुभएको छ’ ।

बर्दियाको गुलरियामा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा सम्बोधन गर्दै नेता नेपालले सो आरोप लगाउँनु भएको हो’ । प्रधानमन्त्री केपी ओलीले देशको फाईदा भन्दा पनि आफनो गुटको स्वार्थलाई प्राथमिकतामा राखेको उहाँको आरोप थियो’ ।
त्यसै गरी नेकपाका स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री बर्षमान पुनले प्रधानमन्त्री ओलीले भ्रम छर्दै नेकपाबाट बाहिरिएको जिकिर गर्नु भयो’ । उहाँले उपलब्धि संरक्षणका लागि आफुहरु लाग्ने समेत बताउँनु भएको छ ‘।

प्रकाशित मिति २०७७ माघ ४ गते आईतबार ०५:४३