https://www.youtube.com/watch?v=wC0yYlr-0lM&t=1204s
काठमाडौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले गम्भीर षडयन्त्र गरेको आशंका व्यक्त गरेकाछन् । अध्यक्ष नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे...
काठमाडौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले गम्भीर षडयन्त्र गरेको आशंका व्यक्त गरेकाछन् । अध्यक्ष नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे आशंका रहेको जनाएका हुन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उनले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा एसले पाउनु पर्ने दाबी गरेका छन् ।
‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भने,झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।
उनले ११ वैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गरेका छन् ।भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिनमा किन राखेको थाहा छ ?
मलाई लाग्छ, त्यहाँ पनि कुनै षडयन्त्र छ, ११ वैशाखमा नोमिनेसन फाइल गर्लान, मान्छेको अनुहार हेरिकन १२ वैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउला भनेर सोचेका होलान ?’ तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउँ भने आफूहरूले असफल पार्ने नेपालको दावी छ ।
निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै योजना असफल हुने दाबी पनि गरे । ‘आफूले मात्र तिगडम जानेको सोचेका होलान, अरुले पनि जान्दछन । तर, ती तिकगडम सबै फेल हुनेछन्’
नेपालले अगाडि भने, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’ source: galaxykhabar
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७