पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हवाई ईन्धन र एलपी ग्याँसको मूल्य यथावत

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हवाई ईन्धन र एलपी ग्याँसको मूल्य यथावत

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ५ गते सोमबार ०८:५३

काठमाडौं, ५ माघ -:  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बृद्धि गरेको हो । योसँगै पेट्रोलको मूल्य...

काठमाडौं, ५ माघ -:  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बृद्धि गरेको हो ।

योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ, भने डिजेल र मट्टीतेलको मूल्य ९३/९३ रुपैयाँ पुगेको छ । हवाई ईन्धन र एलपी ग्याँसमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ, भने डिजेल र मट्टीतेलको मूल्य ९३/९३ रुपैयाँ पुगेको छ । हवाई ईन्धन र एलपी ग्याँसमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परीक्षणका रुपमा रहेको ‘नागरिक एप्स’ मा सुधार्नुपर्ने पक्षहरुबारे सार्वजनिक सुझाव दिन आग्रह गर्नुभएको छ ।

मन्त्री गुरुङले आज सार्वजनिक आह्वान गरी सो एप्समा भएका सुविधामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाबारे सुझाव दिन आग्रह गर्नुभएको हो । उहाँले ‘डिजिटल नेपाल अभियान’ हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन सो एप्स एक महत्वपूर्ण कडी साबित हुने बताउनु भयो ।

नेपाल सरकारको राष्ट्रिय गौरवको कार्यक्रम रहेको सो एप्स मन्त्री गुरुङले गत शुक्रबार परीक्षण शुभारम्भ गर्नुभएको थियो । यसमा हाल नागरिकका स्थायी लेखा नम्बर, नागरिकता, शैक्षिक विवरण, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, ‘हेल्लो सरकार’ आदि सेवा क्षेत्रका विवरण समावेश गरिएको छ ।

विभिन्न सरकारी सेवा लिन घन्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले अनलाइनबाट सहजै सेवा दिन यो कार्यक्रम अघि सारेको हो । आज दिउँसोसम्म सो एप्सलाई दुई लाख ३८ हजार ८०६ जनाले डाउनलोड गरिसकेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सो एप्सलाई अधिकतम् उपयोग गर्न यसअघि सार्वजनिक आह्वान गरेका थिए । रासस

प्रकाशित मिति २०७७ माघ ५ गते सोमबार ०८:५३
प्रतिक्रियाहरु