अन्तिम समयमा रेणु दाहालको लागि खुसिको खबर, भोट हाल्न चितवनका असन्तुष्ट कांग्रेसी लास्टआवरमा यसरी भए तयार !

अन्तिम समयमा रेणु दाहालको लागि खुसिको खबर, भोट हाल्न चितवनका असन्तुष्ट कांग्रेसी लास्टआवरमा यसरी भए तयार !

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २३ गते शुक्रबार १०:२६

काठमाडौं । चितवनका असन्तुष्ट कांग्रेसीहरु हसिया हतौडामा भोट हाल्न तयार हुन थालेका छन् । https://www.youtube.com/watch?v=z1xeAPHsw9I&t=212s   अन्तिम समयमा रेणु दाहालका लागि खुसीको खबर आएको हो ।नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण...

काठमाडौं ।
चितवनका असन्तुष्ट कांग्रेसीहरु हसिया हतौडामा भोट हाल्न तयार हुन थालेका छन् ।

 

अन्तिम समयमा रेणु दाहालका लागि खुसीको खबर आएको हो ।नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष

पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् ।

‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए ।पहिले पार्टीले निर्णय नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।

काठमाडौं महानगरमा भिड्न एमाले उम्मेदवार बनेकी सुनिताको अर्को बदमासी भयो छतातुल्ल

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलको अर्को बदमासी छताछुल्ल भएको छ । सुनिताले राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलासा भएको हो । केही दिन अघि भ्रष्टाचारको आरोप उनीमाथि लागेको थियो ।

स्थानीय निर्वाचन ऐन २०७३ अनुसार नेपाल सरकारबाट अनुदानप्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको अवस्थामा स्थानीय निर्वाचनका लागि उम्मेदवार हुन अयोग्‍य रहने उल्लेख छ। ऐनको दफा १३ को (ग) मा भनिएको छ,

’नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको’ व्यक्ति उम्मेदवारका लागि अयोग्य हुने उल्लेख गरिएको छ।

डंगोल भने नेपाल टेलिभिजनबाट पारिश्रमिक पाउने गरी ’चिल्ड्रेन क्लब’ भन्‍ने कार्यक्रम सञ्‍चालन गर्दै आएकी थिइन्। उनले उम्मेदवारी दिएको ९ दिन बितिसक्दा पनि टेलिभिजनबाट राजीनामा दिएकी छैनन्।

प्रकाशित मिति २०७९ बैशाख २३ गते शुक्रबार १०:२६
प्रतिक्रियाहरु