जनतालाई प्रचण्डको अर्को धम्कीः माओवादी हराउनुभयो भने निरंकुश राजतन्त्रको उदय हुन्छ

जनतालाई प्रचण्डको अर्को धम्कीः माओवादी हराउनुभयो भने निरंकुश राजतन्त्रको उदय हुन्छ

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख २६ गते सोमबार १०:४७

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दैे परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको...

काठमाडौं ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दैे परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताएका छन्।

उनले परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिस्ट शक्तिलाई विशेष रुपले अपिल गर्दै निर्वाचनमा माओवादीले हारे देशमा राजतन्त्र फर्किने सम्भावनाको संकेत गरे।

नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताए।

उनले पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन आह्वान पनि गरे। उनले भने, ‘विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ, जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ’।

उनले भने, ‘हामीले जित्दा राष्ट्रले जित्छ, जनताको जीत हुन्छ, माओवादीले हार्दा प्रतिक्रान्तिकारीले जित्ने खतरा हुन्छ, त्यसैले माओवादी र परिवर्तनकारीलाई जिताउन जनता अग्रसर हुनुपर्छ’।

 

प्रकाशित मिति २०७९ बैशाख २६ गते सोमबार १०:४७
प्रतिक्रियाहरु