भरतपुरमा प्रचण्डले गरे मतदान,भन्छन छोरीको जित पक्का छ

भरतपुरमा प्रचण्डले गरे मतदान,भन्छन छोरीको जित पक्का छ

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ३० गते शुक्रबार ०८:२५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। उनले भरतपुर– १४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

उनले भरतपुर– १४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ। मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने छिन्।

प्रचण्डले अहिले भरतपुर(१४ शिवनगरस्थित प्रचण्ड टोलमा घर बनाइरहेका छन्। उनी २ दिन अघि देखि नै चितवनमा थिए।

काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले यतिबेला मतदातालाई प्रभावित गर्न नहुने बताउँदै सूर्यलाई नमस्कार गरेर मतदान गर्नुपर्ने बताए । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गरे ।

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान मतदान सुरु भइसक्दा पनि नेपालगन्ज उपमहानगरपालिकामा भने कतिपय उम्मेदवार र दलका नेताहरूले मतदानस्थलमै पुगेर भोट मागिरहेका छन् ।

आचारसंहिता विपरीत दलका उम्मेदवारले मतदान स्थलबाट चुनावी प्रचार सामग्रीसमेत हटाएका छैनन् । शुक्रबार बिहान नेपालगन्जको वडा नं १२ स्थित अहिले उम्मेदवारहरू मतदातासँग भोट मागिरहेका हुन्।

यद्यपि सुरक्षाकर्मी र स्यवंसेवकहरूले उनीहरूमाथि कारबाही गर्न सकेका छैनन् । शुक्रबार बिहान सात बजेदेखि देशभर मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भनिएको स्थानीय तहको निर्वाचन(२०७९ को मतदान सुरु भएको हो ।

प्रकाशित मिति २०७९ बैशाख ३० गते शुक्रबार ०८:२५
प्रतिक्रियाहरु