कांग्रेसलाई गठबन्धन बन्यो गलपासोः फराकिलो मतान्तरले कांग्रेसका बागी अग्रस्थानमा, पछ्याउदै एमाले

कांग्रेसलाई गठबन्धन बन्यो गलपासोः फराकिलो मतान्तरले कांग्रेसका बागी अग्रस्थानमा, पछ्याउदै एमाले

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ३१ गते शनिवार ११:१३

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता...

काठमाडौं ।

काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो । नौ सय मत गणना हुँदा

स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् ।बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए ।

उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् । नौ सय मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत

प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेको पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिए ।

यस्तै यता जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयर पदका उम्मेदवारले लज्जास्पद मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म नेपाली कांग्रेसबाट बागी बनी स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले ६७ मत प्राप्त गरेर अग्रता लिएका छन् भने गठबन्धनबाट जनता

समाजवादी पार्टीको मेयर पदका उम्मेदवार लालकिशोर साहले ८ मत मात्र प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार बलराम महतोले १६ मत , स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८ मत, नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ले १८ मत र लोसपाका मनोज चौधरीले ५ मत मात्र प्राप्त गरेका छन् ।

हालसम्म नेपाली कांग्रेसबाट बागी बनी स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले ६७ मत प्राप्त गरेर अग्रता लिएका छन् भने गठबन्धनबाट जनता

समाजवादी पार्टीको मेयर पदका उम्मेदवार लालकिशोर साहले ८ मत मात्र प्राप्त गरेका छन् ।स्वतन्त्र उम्मेदवार बलराम महतोले १६ मत , स्वतन्त्र उम्मेदवार

Source: galaxy khabar

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ११:१३
प्रतिक्रियाहरु